प्रधानमन्त्री देउवालाई अर्थ मन्त्रालयको जिम्मेवारी

डिसी नेपाल
२२ असार २०७९ २०:२७
304
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् ।बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको जानकारी दिइएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज पदबाट राजीनामा दिएकाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा उक्त कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.