प्रदेश प्रहरीको समन्वयमा काठमाडौं उपत्यकाको सुरक्षा नेपाल प्रहरीलाई

डिसी नेपाल
२३ असार २०७९ १२:४८
36
Shares

काठमाडौं। संघीय स्तरमा नै नेपाल प्रहरीको मातहतमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा रहने भएको छ।

राज्य व्यवस्था समिति बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र सम्बन्ध ऐन–२०६७ लाई संसोधन गर्न बनेको विधेयक समितिवाट पारित भएसँगै काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र माताहत रहने भएको हो।

‘काठमाडौं उपत्यकाको सुरक्षा नेपाल प्रहरी (केन्द्र) बाट गरिनेछ भने नेपाल प्रहरीले प्रदेश प्रहरीसँग समन्वय गर्नेछ,’ पारित विधेयकमा भनिएको छ। सो विधेयक संघीय ससंदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरणपछि ऐनकाे रुपमा कार्यान्वयन हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.