महाधिवेशन सकिएको ६ महिना नबित्दै विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव

डिसी नेपाल
२३ असार २०७९ १३:००
28
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन्। महाधिवेशन सम्पन्न भएको ६ महिना नबित्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका हुन्।

काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूको प्रश्नको जवाफ दिँदै ‘समाजवादी क्रान्ति’का लागि विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

माओवादीको पहिचानमा समस्या परेको भन्दै अलग देखिनका लागि समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्नुपर्ने प्रचण्डको तर्क छ। पार्टी नेता जनार्दन शर्माले ‘नैतिकताको आधार’ अर्थमन्त्रीबाट राजीनामा दिएर पाँच दलीय गठबन्धन भत्काउने प्रयास असफल भएको टिप्पणी पनि गरेका छन्। बैठक जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.