आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ रघुवंशी
काठमाडौं। आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त भएका छन्।
सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रूपमा नियुक्त गरेका हुन्। नेपालको आइटी क्षेत्रमा स्थापित उनको नेतृत्वले २० वर्षअघि सुरु गरेको इन्फोडेभलपर्स कम्पनीले तीन सय ५० भन्दा बढीलाई रोजगारी दिइरहेको छ।
माइक्रोफाइनान्स, सहकारी र सरकारी सेवा र सुविधालाई प्रविधिमैत्री बनाउन यो कम्पनीले महत्वपूर्ण योगदान दिएको छ। सन् २००१ मा स्थापना भएको आइएमई जनरल इन्स्योरेन्स कम्पनी उत्कृष्ट विमा कम्पनीको रुपमा परिचित छ।
दुई अर्बको चुक्ता पुँजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचित व्यक्ति तथा समूहरूको संलग्नता रहेको छ। कम्पनीका बोर्ड निर्देशकहरूमा अम्बिकाप्रसाद पौडेल, राजेन्द्रसिंह भण्डारी, सीताराम थापा र कृष्णप्रसाद शर्मा छन्।







डिसी नेपाल








Facebook Comment