मेरो भारत भ्रमण आकस्मिक होइन, चीन पनि चाँडै जानेछु : प्रचण्ड
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गरेका छन्। तीन दिने भारत भ्रमणमा गएका प्रचण्डले आफू छिट्टै चीनको भ्रमणमा पनि जाने बताएका छन्।
तत्कालीन राजदूत विनयमोहन क्वात्राले भारत भ्रमण मिलाउने तयारी गरे भए पनि समय नमिलेको नभएको भन्दै प्रचण्डले क्वात्रा विदेश सचिव नियुक्त भएपछि आफ्नो सल्लाहमा अहिले भारत भ्रमण तय भएको जानकारी दिए।
‘बाहिर देख्दामात्र आकस्मिक देखिएको मात्र हो। क्वात्रा राजदूत हुँदा उहाँले भारत भ्रमण मिलाउने प्रयास गर्नुभयो। पछि उहाँ विदेश सचिव नियुक्त भएपछि मलाई समय कहिले मिलाउँ भनेर सोध्नु भयो। मैले जुलाई १५ तिर राख्नु न भनेँ। अहिले यही समयमा भारत भ्रमण तय भएको हो,’ प्रचण्डले भने।
भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारललगायतका विषयमा कुराकानी हुने जानकारी दिएका उनले चीन भ्रमणमा पनि चाँडै नै जाने जानकारी दिए।
चार दिने नेपाल भ्रमण सकेर हालै स्वदेश फर्किएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओले आफूलाई चीन भ्रमणको निम्तो दिएको जानकारी दिँदै प्रचण्डले आफू चीन भ्रमणमा आउने वचन दिएको बताए।







डिसी नेपाल








Facebook Comment