नेपाली सेनाका जर्नेल थापा राष्ट्रसंघको नयाँ फोर्स कमाण्डर नियुक्त

डिसी नेपाल
३२ असार २०७९ ०:१५
3.3k
Shares

काठमाडौं । नेपाली सेनाका अपरेशन बिभागका प्रमुख जर्नेल निर्मल कुमार थापा संयुक्त राष्ट्रसंघको नयाँ फोर्स कमाण्डर नियुक्त भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले आज साझ एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाका जर्नेल थापालाई फोर्स कमाण्डर नियुक्त गरेको घोषणा गरेका छन् ।

राष्ट्रसंघले उनलाई अनडोफ मिसन सिरियाका लागि फोर्स कमाण्डर बनाएको हो ।यसअघि सो पदमा नेपाली सेनाका रथी ईश्वर हमाल कार्यरत थिए । उनी यसै साता रिटार्यड भएका हुन् ।संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डर जस्तो उच्च पद पाउँने थापा नेपाली सेनाका सातौ जर्नेल हुन् ।अनडोफ मिसनमै यस अघि पूर्वसेनापति पूर्णचन्द्र थापाले पनि कमाण्ड गरेका थिए ।

संयुक्त राष्ट्रसंघको जारी विज्ञप्तिमा उनको ३५ बर्षे लामो सैनिक सेवा गरेका थापाले नेपाली सेनाका बिभिन्न इकाईहरुमा काम गरेका हुन् । उनी उपरथी दर्जामा सेनाको अपरेशन बिभागको महानिर्देशक हुन् भने यसअघि उनले राष्ट्रिय सुरक्षा परिषद्मा पनि उपसंयोजकको भुमिका निर्वाह गरिसकेका छन् ।संयुक्त राष्ट्रसंघको शान्ती स्थापना कार्यमा कंगोमा टिमलिडरको भुमिका र इथियोपियामा पनि मिलिटरी अब्जरमेण्टको भुमिकामा काम गरिसकेका छन् ।

राष्ट्रसंघका महासचिव गुटेरसले भर्खरै कार्यकाल पूरा गरेका फोर्स कमाण्डर ईश्वर हमालले पनि उत्कृष्ट कार्य गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *