चिकित्सा शिक्षा शुल्कमा ३.६ प्रतिशतले वृद्धिः डाक्टर पढन ४१ लाख, नर्सिङलाई १० लाख
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र बिद्यामा शैक्षिक सत्र २०७८\७९ समुह (ब्याच)का लागि नयाँ शुल्क निर्धारण गरेको छ ।
गत जेठ १७ बसेको आयोगको निर्णय अनुसार चिकित्सा शिक्षाका सबै तहमा र बिद्यामा ३.६ प्रतिशतले वृद्धि गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए ।
उपत्यका भित्र एमवीवीएस (डाक्टर) पढनका लागि ४१ लाख ६८ हजार ९० शुल्क निर्धारण गरिएको छ भने उपत्यका बाहिर डाक्टर पढन ४५ लाख ९५ हजार ७ सय २० शुल्क निर्धारण गरिएको छ ।
उता, नर्सिङ पढनका लागि १० लाख निर्धारण गरेको आयोगले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment