साँखुमा मानव कङ्काल फेला

डिसी नेपाल
२ साउन २०७९ १९:१८
284
Shares

काठमाडौं  । शङ्खरापुर नगरपालिका–३ साँखुको वनमा मानव कङ्काल फेला परेको छ । खहरे खोला नजिकै फेदीको वनमा उक्त कङ्काल फेला परेको हो । मानव कङ्काल देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

महानगरीय प्रहरी वृत्त बौद्ध र अपराध अनुसन्धानको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए । घटनाबारे अनुसन्धानपछि थप कुरा खुल्ने पनि प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *