बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

डिसी नेपाल
३ साउन २०७९ १०:२५
72
Shares

कैलाली। कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिक बसको ठक्करबाट एक जनाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगङ्गा–२ कटानका अन्दाजी ४६ वर्षीय खडक थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार चौमाला बुहमुखी क्याम्पस नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ना६ख ९६९३ नंको सुदूरपश्चिम यातायातको बसले विपरीत दिशातर्फ आउँदै गरेका साइकलयात्री थापालाई ठक्कर दिएको थियो।

घाइते थापाको धनगढीस्थित निसर्ग अस्पतालमा उचारका क्रममा आज बिहान मृत्यु भएको थियो। बस र बसचालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *