काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
३ साउन २०७९ १०:३९
164
Shares

काभ्रेपलाञ्चोक। काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ डालाबेशीमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

दुर्घटनामा चालक सिन्धुलीको मझुवा गाँउपालिका–५ का १९ बर्षीय मिलन मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको हो।

काठमाडौँबाट सिन्धुली तर्फ जादै गरेको बा ७० प ४१८२ नम्बरको मोटरसाइकल गएराती साढे २ बजे डिभाडरमा ठोकिएर पल्टिएको थियो।

घाइते भएका मोटरसाइकल पछाडी सवार मृतकका २१ बर्षीय दाई प्रेम बहादुर मग्रातीको अवस्था सामान्य रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *