इनड्राइभर प्रयोग गर्ने क्रममा दिएको विवरणको दुरुपयोग गरी पोर्न साइटमा राख्ने एक जना पक्राउ

डिसी नेपाल
५ साउन २०७९ १९:१२
3.3k
Shares

काठमाडौं । सामाजिक सञ्जालमा तेस्रो लिङ्गीको तस्बिर र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर व्युरोले नमोबुद्ध नगरपालिका–५ स्थायी घर भइ काठमाडौं बौद्धमा बस्ने कर्म वाङ सिङले पक्राउ गरेको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा पीडित तेश्रो लिङ्गीले आफूले प्रयोग गर्दै आएको फेसबुक एकाउन्टमा पोष्ट गरेका तस्वीरलाई डाउनलोड गरी फेक एकाउन्ट बनाई प्रोफाईल तथा कभर तस्वीरको रुपमा पीडित तेश्रो लिङ्गीको तस्वीर अपलोड गरी उक्त फेक एकाउन्टको म्यासेन्जर मार्फत पीडित बनी पीडितका साथीहरुसँग कुराकानी गरी पैसा समेत माग गरेको आरोप प्रहरीको छ ।

उनले पीडितको बारेमा सामाजमा झुठा अफवाह फैलाउनुका साथै सोही फेसबुक एकाउन्ट प्रयोग गरी ग्रुपमा अर्की पीडित महिलाको पेशा देह व्यापार हो भन्ने आशय दिने शब्दहरु लेखी पोष्ट गरी सामाजिक सञ्जाल फेसबुक मार्फत पीडितहरुलाई ब्यक्तिगत र सामाजिक रुपमा मानसिक तनाव, हैरानी दिई बदनाम गराई चरित्र हत्या गरेको प्रहरी आरोप छ । साथै गर्नुका साथै पीडित महिलाले राइडर एप्लिकेसन इनड्राइभर प्रयोग गर्ने क्रममा दिएको विवरण को दुरुपयोग गरी पोर्न साइटमा समेत पीडितको व्यक्तिगत विवरण सेयर गरेको पाइएपछि उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

लामालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई बिहीबार जिल्ला अदालत काठमाडौँबाट दिन ५ म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *