माछा पोखरीमा डुबेर बर्दियामा दुई जना बालकको मृत्यु
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २ फुटाहामा माछापोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
बुधबार करीव दिउँसो २ः३० बजेतिर पोखरीको छेउमा खेल्ने क्रममा ९ वर्षीय भुवन भण्डारी र ८ वर्षीय युवराज बोहाराको मृत्यु भएको हो ।
माछा पोखरीमा अशक्त अवस्थामा फेलापरेका दुबै जनाको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुबेदीले जानकारी दिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment