आज यी १८ जिल्लामा छ बाढीको खतरा

डिसी नेपाल
६ साउन २०७९ ९:२९
328
Shares

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका १८ जिल्लामा बाढीको खतरा रहेको जनाएको छ। दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, कैलाली, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा बाढीको खतरा रहेको छ।

वर्षाका कारण ती जिल्लामा बहने केही स–साना नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब समेत हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ। बहाब बढ्ने जिल्लाको तटीय क्षेत्रमा रहने सर्वसाधरणलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ।

शनिबार प्रदेश १, मधेश प्रदेशको तराई भू–भाग र बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग भई बहने स–साना नदीहरुमा बहाब बढ्ने पूर्वानुमान महाशाखाको छ।

यस्तै, आइतबार प्रदेश १ को पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेशको तराई भू–भाग भई बहने केही स–साना नदीहरुमा बाढी आउने पूर्वानुमान छ।

आगामी तीन दिनसम्म प्रमुख नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाब सामान्य बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *