स्वतन्त्र पत्रकार संघको राष्ट्रिय भेला पोखरामा सुरु

डिसी नेपाल
६ साउन २०७९ १८:४२
24
Shares

पोखरा । स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला अध्यक्ष सचिवहरुको दुई दिने राष्ट्रिय भेला शुक्रबारदेखि सुरु हँंदैछ । भेला पोखरा महानगरपालिका ११ काहुँंकोटमा सुरु हुने भएको हो । भेलाका लागि बिहीबार नै देशका विभिन्न जिल्लाहरुबाट पोखरा आइपुगेका थिए । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरुबाट अध्यक्ष सचिवहरु पोखरा पुगिसकेका थिए ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले केन्द्र र जिल्लाहरुका भावी योजना तयारीका लागि भेला आयोजना गरिएको जनाए । महासचिव महेश विक्रम कुँवरले भेलाका लागि काठमाण्डौ उपत्यकाका जिल्ला अध्यक्ष, सचिव र राष्ट्रिय पदाधिकारीहरु बरिष्ठ उपाध्यक्ष केबी सम्राट, उपमहासचिव रत्नकाजी प्रजापति र कोषाध्यक्ष बद्रीबहादुर दुलालको आगमनलगायतका व्यक्तिहरू बिहीबार नै पोखरा पुगेको जानकारी गराए ।

यस्तै काठमाण्डौ जिल्ला अध्यक्ष पुस्करराज पाण्डेका साथ माता भद्रकाली, ललितपुर जिल्ला अधक्ष उपेश नौबाग र भक्तपुर जिल्लाबाट केन्द्रीय पार्सद कृष्ण किसी र राष्ट्रिय सल्लाहकार डा। इन्दुल केसी र अछाम जिल्ला अध्यक्ष बिष्णुबहादुर खड्कालगायतको बिहीबार पोखरा आइपुगेको उनले बताए ।

भेलाका लागि राष्ट्रिय पदाधिकारीहरू संस्थापक अध्यक्ष एवं अध्यक्ष कृष्णप्रसाद बास्तोला, बरिष्ठ उपाध्यक्ष केबी सम्राट, उपाध्यक्षद्वय वीरेन्द्र पाण्डे, लक्ष्मी गुरुङ, महासचिव महेशविक्रम कुँवर, उपमहासचिवद्वय सुरेश श्रेष्ठ, रत्नकाजी प्रजापतिलगायतका राष्ट्रिय पदाधिकारीहरुको पुगेका छन् ।

भेला भोलि शनिबारसम्म चल्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *