कतारमा ५० हजारभन्दा बढी नगद लेनदेनमा रोक

डिसी नेपाल
१६ साउन २०७९ १२:३९
316
Shares

काठमाडौं । मनी लण्ड्रिङ र चरमपन्थीलाई रोक्न कतारले ५०,००० कतारी रियालभन्दा माथिको नगद कारोबारमा प्रतिबन्ध लगाएको छ । कतार केन्द्रीय बैंकले आफ्नो आधिकारिक ट्विटर एकाउन्ट मार्फत सरकारको यो निर्णयको जानकारी दिएको हो ।

उक्त ट्विटमा क्यूसीबीले मन्त्रिपरिषद्को निर्णयअनुसार ५० हजार कतारी रियालभन्दा बढीको नगद धेरै प्रकारका कारोबारमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको लेखेको छ । ५० हजार रियालभन्दा माथिको कारोबारका लागि व्यक्तिले चेक, क्रेडिट कार्ड, डेबिट कार्ड वा बैंक ट्रान्सफरबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।

५० हजारभन्दा बढी कतारी रियाल सबै प्रकारका सम्पत्तिको बिक्री, खरिद र भाडामा र सम्पत्ति परिमार्जन गर्न प्रयोग गर्न नपाइने उल्लेख छ । साथै, यो प्रतिबन्ध सबै प्रकारका सवारी साधन, बहुमूल्य धातु, रत्न र आभूषण आदिको बिक्री, खरिद र भाडामा लागू हुनेछ।

यसबाहेक ऊँट, घोडा, गाईवस्तु, बाज आदिको हकमा पनि यो शर्त लागू गरिएको छ । यो प्रतिबन्ध समुद्री यातायातको मामलामा पनि लगाइएको छ।

यसअघि गत जुलाइमा पनि नगदमार्फत लग्जरी कार किनेर अवैध रुपमा मनी लण्ड्रिङ गरेको आरोपमा सात जना पक्राउ परेका थिए । कतारमा मनी लण्ड्रिङ र भ्रष्टाचारको आरोप प्रमाणित भएमा जेलसहित चर्को जरिवानाको व्यवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *