आधा रातमा २० मोटरसाइकल सवारले हातमा रड लिएर सलमानको पिछा गर्न थालेपछि…

डिसी नेपाल
१६ साउन २०७९ १५:१८

काठमाडौं । बलिउडका दबंग सलमान खानलाई ज्यान मार्ने धम्की दिएको मुद्दा अहिले चर्चामा छ । सलमान खान सधैं चर्चित स्टार हुन् । सलमानले जति माया पाउँछन्, त्यति नै घृणा गर्नेको निशानामा पनि रहन्छन् ।

सन् २०१३ मा सलमान खानसँग हैदराबादमा एउटा डरलाग्दो घटना भएको थियो । जहाँ उनको २० वटा मोटरसाइकल सवार उनको पछि परेका थिए । तपाईलाई यो थाहा पाउँदा अचम्म लाग्न सक्छ कि यी मानिसहरूको हातमा रड पनि थियो।

बलिउड लाइफको रिपोर्टका अनुसार यो कुरा २०१३ को हो जब सलमान खान सेलिब्रेटी क्रिकेट लिगका लागि हैदरावाद पुगेका थिए । सलमान खानका भाइ सोहेल खान क्रिकेट लिगमा मुम्बई हिरोजबाट खेल्दै थिए ।

सोहेलको टोली तेलुगु वारियर्ससँग खेल्दै थियो । यो खेल लालबहादुर शास्त्री रंगशालामा भइरहेको थियो । खेल राति ११ बजे सकिएको थियो । खेल सकिएपछि सलमान खान स्टेडियम छाडेर पार्किङ क्षेत्रतर्फ लागे । अभिनेताका सुरक्षाकर्मीले सलमानको लागि गेटबाट मानिसहरूलाई हटाए।

सलमानको कार स्टेडियमबाट बाहिर निस्कने बित्तिकै २० बाईकर्सले अभिनेताको कारलाई लखेट्न थाले । ती सबै मानिसहरूको हातमा रडहरू थिए। हद त तब भयो जब ती बाइक सवारहरूले सलमानको कारको ढोका ढकढक्याए ।

बाइकरहरूले उनको कारलाई स्टेडियमबाट सलमानको होटलसम्म पछ्याए। यो घटनाले सलमान निकै रिसाए । बाइकर्सको यस्तो व्यवहारका कारण सलमान खानको पारो तात्यो किनभने यसमा दुर्घटना पनि हुनसक्थ्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *