एक महिना लगाएर बनाएको बाँध कोशीले भत्कायो

डिसी नेपाल
१८ साउन २०७९ १०:४३
60
Shares

उदयपुर। सम्भावित क्षतिलाई नियन्त्रण गर्नका लागि बाँधिएको एक सय मिटरभन्दा लामो बाँध कोशी नदीले भत्काइदिएको छ।

केन्द्रीय विपद् व्यवस्थापन टोलीले एक महिनासम्म बसेर निर्माण गरेको बाँधलाई बुधबार बिहान भत्काएर कोशी मानव बस्तीतर्फ पसेको छ। कोशी मानव बस्तीतर्फ पसेपछि तटीय क्षेत्रका बासिन्दालाई नगरपालिकाले सुरक्षित स्थानतर्फ जान अनुरोध गरिरहेको छ।

बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार एक महिनासम्म लगाएर निमार्ण गरिएको बाँधसमेत फुटाएर मानव बस्तीतर्फ कोशी लागेपछि २० हजारभन्दा बढी स्थानियवासी प्रभावित भएका छन्।

डुम्रेबोटे पश्चिमतर्फवाट पसेको कोशीको बाढीले उदयपुरसहित सुनसरीको बराह क्षेत्र, सप्तरीका मानव बस्ती पनि उच्च जोखिममा परेको भन्दै सुरक्षितस्थानतर्फ जान सर्वसाधारणलाई सूचना जारी गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *