बाबुराम भट्टराईलाई गठबन्धनमा सामेल गर्ने देउवाको आश्वाशन
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईसहितका नेताहरूले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच सत्ता गठबन्धन, आगामी निर्वाचनमा चुनावी तालमेल, समसामयिक राजनीतिक विषयमा छलफल भएको समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।
भेटमा प्रधानमन्त्री देउवाले सो पार्टीलाई गठबन्धनमा सामेल गर्ने सम्बन्धमा आफू सकारात्मक रहेको र यस सम्बन्धमा गठबन्धनका अन्य घटकसँग पनि सल्लाह गर्ने बताएको केन्द्रीय सदस्य पाण्डेले बताए।
समाजवादी पार्टीका अध्यक्ष भट्टराईले सत्ता गठबन्धन बनाउन आफूहरुको पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सहकार्यका लागि इच्छुक रहेको बताएका थिए। भेटमा समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी थिए । डा भट्टराईलगायतका नेताहरुले जनता समाजवादी पार्टीबाट हालै अलग भएर सो पार्टी स्थापना गरेका थिए ।







डिसी नेपाल








Facebook Comment