पाँच दिने जापान भ्रमण सकाएर स्वदेश फर्किए प्रचण्ड

डिसी नेपाल
२५ साउन २०७९ १७:२६
20
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकाएर बुधबार स्वदेश फर्किएका छन् । उनी गत शुक्रबार राति आफ्नो भ्रमण टोलीसहित नेपाल एयरलाइन्सको विमानमार्फत जापान प्रस्थान गरेका थिए । जनप्रगतिशील मञ्चको निमन्त्रणामा जापानमा आयोजित विभिन्न कार्यक्रम सकाएर नेपाल एयरलाइन्सकै विमानमार्फत स्वदेश फर्किएका हुन्।

प्रचण्डले जापान भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रममा सरिक हुनुका साथै कृषि, विज्ञान प्रविधि, पर्यटन प्रर्वद्धन, पूनर्निमाण र पूर्वाधार विकासमा क्षेत्रमा जापानले गरेका प्रगति र विकासको अभिरुचीपूर्वक अवलोकन गरेको उनको सचिवालयले जनाएको छ । ।

प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका पूर्व महासचिव, वरिष्ठ नेता, पूर्व अर्थ, व्यापार र उद्योग मन्त्री संसद सदस्य एवं नेपाल-जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइ बीच एलडिपि हेडक्वाटर टोकियोमा भेटवार्ता गरेका थिए ।

प्रतिनिधि मण्डल स्तरीय भेटवार्ताका क्रममा दुुई देशबीचको आवसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान गर्ने, जनस्तरको सम्बन्धलाई विस्तार गर्ने, स्थानीय सरकार र नगरहरुको बीचमा भगिनी सम्बन्ध स्थापना गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ विस्तार गर्दै जाने लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । ।

प्रचण्डको सचिवलयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष प्रचण्ड आफ्नो पाँच दिने जापान भ्रमण सफलतापूर्वक पुरा गरी स्वदेश फर्किएको छ । भ्रमण सफलताका लागि सहयोग पुर्याउनुु हुुने हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा शुुभेच्छुकहरु, लिवरल डेमोक्रेटिक पार्टी जापान तथा जापानका राजनैतिक दलका माननीय ज्यूहरु, नेपाल सरकारको राजनैतिक तथा प्रशासनिक नेतृत्व, परराष्ट्र मन्त्रालय, जापानका लागि नेपाली राजदुत तथा दुुतावास परिवार, नेपाली जनप्रगतिशिल मञ्च जापानका सम्पुर्ण नेता कार्यकर्ता साथीहरु, जापानमा रहनुहुने सम्पुर्ण नेपाली समुदायका अगुवा तथा शुुभेच्छुकहरु, नेपाल, जापान तथा विश्वभर रहेर खवर संप्रेषण गर्ने पत्रकार मित्रहरु, नेपाल र नेपालीको भलाई चाहने मित्रहरु तथा सम्पुणर् देशभक्त नेपाली दिदीबहीनी तथा दाजुुभाईहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.