बार्सिलोना पहिलो खेलमै रोकियो
काठमाडौं। स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा शनिबार राति महारथी क्लब बार्सिलोना रायो भालेकानोसँग रोकिएको छ। घरेलु मैदान नोउ क्याम्पमा १० खेलाडीमा सिमित बार्सिलोनाले खेलमा पकड बनाएपनी अग्रपंक्तिमा भने चुस्त देखिएन।
भ्रमणकारी टोली रायो भालेकानोको पोस्टमा दुई दर्जन भन्दा बढी प्रहार गरेपनी गोल भने हुन सकेन। बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, राहिन्हा, आन्द्रेअस क्रिष्टिसन र फ्रान्क केसिइले ला लिगामा डेब्यु गरे। यद्यपि, गोल बिहिन रहे।
खेलको इजुरी समयमा कप्तान सर्जियो बुस्केट दोहोरो पहेलो कार्ड पाउदै मैदान छाड्न बाध्य भए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment