एसिया कपको मुखमा पाकिस्तानी क्रिकेट टिममा बबाल !

डिसी नेपाल
२९ साउन २०७९ १६:२५
412
Shares

काठमाडौं । क्रिकेट फ्यानहरू अहिले एसिया कपको प्रतिक्षामा छन्, जहाँ भारतीय टोलीले पाकिस्तानको सामना गर्नेछ। अगस्ट २८ मा दुवै टोली आमनेसामने हुनेछन्, तर त्यसअघि नै पाकिस्तान क्रिकेटमा बबाल भएको छ । पाकिस्तान क्रिकेट बोर्डले हालै खेलाडीको नयाँ केन्द्रीय सम्झौता गरेको छ, अहिले धेरै वरिष्ठ खेलाडीले यसको विरुद्ध आवाज उठाउन थालेका छन् ।

मिडिया रिपोर्टका अनुसार पाकिस्तानी टोलीका कप्तान बाबर आजम, शाहिन अफ्रिदी, मोहम्मद रिजवान जस्ता स्टार खेलाडीहरूले बोर्डको विरुद्ध मोर्चा खोलेका छन् र आफ्नो केन्द्रीय सम्झौता परिवर्तन गर्न आग्रह गरेका छन्। बोर्डले एसिया कपबाट फर्किएपछि खेलाडीसँग विस्तृत छलफल गरी केही परिमार्जन गर्ने सहमति भएको भन्दै धेरै खेलाडीले यो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

पाकिस्तान क्रिकेट बोर्डले हालै ३३ वटा सेन्ट्रल कन्ट्रयाक्टको घोषणा गरेको छ, टेष्ट र ओडीआई-टि२० का लागि छुट्टाछुट्टै सम्झौता छ, तीनै ढाँचा खेल्ने केही खेलाडी मात्रै छन् । नेदरल्यान्ड्स भ्रमणमा जानुअघि पीसीबीले खेलाडीहरूलाई सम्झौता गर्न आग्रह गरे पनि धेरै खेलाडीले त्यसमा आपत्ति जनाएका थिए।

वास्तवमा, यी सम्झौताहरूमा धेरै त्रुटिहरू छन्। जसमा विदेशी टी–२० लिगमा सहभागी हुन नदिने, आईसीसीका इभेन्टका फोटोग्राफको अधिकार, आईसीसीका इभेन्टका लागि शुल्क र विज्ञापनका लागि खेलाडी अनुबन्धनलगायतका विषयमा खेलाडीले आपत्ति जनाएका छन् । खेलाडीहरूले विभिन्न तहमा बोर्डसँग कुरा गरेका छन्।

पीसीबीबाट विवाद नियन्त्रणमा आएको बताइए पनि धेरै खेलाडीहरु अझै असन्तुष्ट रहेकाले एसिया कप अघि पाकिस्तानी टिमको चिन्ता बढ्दै गएको छ । सम्झौता अनुसार खेलाडीले एक टेस्टका लागि करिब ८ लाख, एकदिवसीयका लागि ५ लाख र टी–२० खेलका लागि ४.५ लाख पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *