देशभर ४५५ संक्रमित थपिए, दुईको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३ सय ८ जनाको पिसिआर र २ हजार ५ सय २१ जनाको एन्टिजेन गरि ४ हजार ८२९ जनाको कोरोना परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर ५ हजार ४३५ जना सक्रिय संक्रमित छन् । यस्तै, ३०२ जना भने उपचारपछि डिस्चार्ज भएका छन् । यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment