अल्मुताइरीले टिमबाहिर राखेकासहित ४० खेलाडीलाई हुमागाईंले बोलाए बन्द प्रशिक्षणमा

डिसी नेपाल
२९ साउन २०७९ १९:२७
260
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका अन्तरिम प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ ११ गते घरेलु मैदानमा हुने बंगलादेशविरुद्धको खेलका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

हुमागाईंले अल्मुताइरीसँग विवादका कारण राष्ट्रिय टिमबाहिर रहेका अघिकांश सिनियर खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् ।

नेपाली टिमः

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

रक्षकः अनन्त तामाङ, रोहित चन्द, विकाश तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकाश खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रजिन धिमाल, निशान खड्का, अनन्त तामाङ

मिडफिल्डरः सञ्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डांगी, सुरजजिउ ठकुरी, सुवास गुरुङ, आभाष लामिछाने, सुनिल बल, आयुश घलान, सुजल श्रेष्ठ, अञ्जन विष्ट

फरवार्डः विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, रितिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *