बैतडीमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुने
बैतडी । बैतडीमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको तयारी थालिएको छ । खेलकुदका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी थालिएको ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए।
ट्रष्टले यसअघि प्रत्येक वर्ष दशरथचन्द नगरपालिकामा नगरस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यो वर्षदेखि अन्तरपालिका प्रतियोगिताको तयारी गरेको हो । तिहारपछि भलिबल प्रतियोगिताको आयोजना गरिने र त्यसमा १० वटै पालिकाका टिमको सहभागिता रहने ट्रष्टका अध्यक्ष ग्रिस चन्दले बताए। प्रतियोगितामा पहिलो हुने टीमलाई एक लाख २५ हजार पुरस्कार दिइने छ । दोस्रोलाई ७५ हजार र तेस्रोलाई ३५ हजार पुरुस्कार दिइनेछ । यसका साथै प्रतियोगितामा तीन विधामा उत्कृष्ट खेलाडीले पाँच हजारका दरले पुरस्कार पाउनेछन् ।
सुन्दरखाली खेलमैदानमा हुने प्रतियोगिताको मिति केही दिनमै तोकिने जनाइएको छ । बैतडीमा भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको ट्रष्टले यो वर्ष १९ वर्षमुनिको क्रिकेट प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment