ला लिगा: रियल मड्रिडको विजयी सुरुवात

डिसी नेपाल
३० साउन २०७९ ६:५७

काठमाडौं। साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ।

आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्द पुनरागमन सहित २-१ को जित निकाल्यो । १-० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक-एक गोल गरे। अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन।

जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको साविक विजेता रियलले महत्त्वपूर्ण तीन अंक जोड्यो। गए राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने बराबरीमा रोकिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *