फिफाले भारतबाट विश्वकप आयोजना गर्ने अधिकार खोस्यो
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघलाई तत्काल लागू हुनेगरी निलम्बन गरेको छ । फिफाले तेस्रो पक्षको हस्तक्षेपका कारण भारतीय फुटबल महासंघ (एआईएफएफ) विरुद्ध यो कारबाही गरेको हो ।
फिफाले आफ्नो विज्ञप्तिमा काउन्सिलले सर्वसम्मतिले भारतीय फुटबल संघलाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । यहाँ तेस्रो पक्षको हस्तक्षेप छ, जुन फिफा नियमहरूको गम्भीर उल्लङ्घन हो।
फिफाले जारी गरेको विज्ञप्ति अनुसार यो निर्णयले भारतबाट यसै वर्ष हुने यू–१७ महिला फुटबल विश्वकपको आयोजना पनि खोसिएको छ । प्रतियोगिता अक्टोबर ११ देखि ३० सम्म भारतका विभिन्न राज्यमा आयोजना हुने थियो ।
फिफाले यो निलम्बन तत्काल लागू भएको जनाएको छ । यस महिनाको सुरुमा फिफाले भारतीय फुटबललाई निलम्बनको चेतावनी दिएको थियो। फिफाले एक विज्ञप्तिमा एआईएफएफका अधिकारीहरूको दैनिक मामिलामा पूर्ण नियन्त्रण भएपछि मात्र यो निलम्बन फिर्ता लिने बताएको छ।
समाचार एजेन्सी एएफपीका अनुसार अहिलेसम्म एआईएफएफ एउटा समितिद्वारा सञ्चालित छ। पूर्व प्रमुख प्रफुल्ल पटेल आफ्नो कार्यकाल सकिए पनि निर्वाचन नगरी पदमा बसेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment