युएस ओपन अघि सेरेना विलियम्सलाई झट्का, सिनसिनाटीमा पहिलो राउण्डमै किशोरीसँग हारिन्
काठमाडौं । यसै महिना हुन लागेको युएस ओपन ग्राण्डस्लाम खेलअघि अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई ठूलो धक्का लागेको छ । अमेरिकामा भएको सिनसिनाटी ओपन खेलमा उनी बेलायतकी १९ वर्षीया एम्मा रादुकानुसँग पहिलो राउण्डमा नै बाहिरिएकी छिन् ।
२३ पटककी ग्राण्डस्लाम विजेता विलियम्स सीधा सेटमा ६-४, ६-० ले पराजित भइन्। पूरै खेलमा समस्यामा परेपछि हारपछि सेरेना विलियम्स मिडियासँग कुरा नगरी चुपचाप कोर्टबाट बाहिरिएकी थिइन् ।
गत हप्ता भोग म्यागजिनका लागि लेखिएको लेखमा ४० वर्षीया सेरेना विलियम्सले अब आफू अन्य महत्त्वपूर्ण कुराहरूमा लागिरहेको बताइन्। यसपछि उनले इन्स्टाग्राम पोस्टमा लेखिन्, ‘काउन्टडाउन सुरु भएको छ।’
जसका कारण सेरेना विलियम्सले युएस ओपनपछि सन्यासको घोषणा गर्न सक्ने अड्कलबाजी बढेको छ । युएस ओपन यही महिनाको २८ तारिखबाट सुरु हुँदैछ । लामो समयको चोटपछि सेरेना विलियम्स यस वर्ष जुनमा विम्बल्डन खेलबाट सिंगल्समा फर्किएकी थिइन् । उनले युएस ओपन खेल्ने बताएकी छिन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment