हाम्रा सेनाको खानेकुरामा युक्रेनले विषादी मिसायोः रुस
मस्को। रसियाको रक्षा मन्त्रालयले युक्रेनले जुलाईको अन्त्यमा युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिझियाको रुसी नियन्त्रित भागमा आफ्ना केही सैनिकको खानामा विषादी मिसाइदिएको आरोप लगाएको छ। रुसी सेनाले म्याद सकिएको मासु खाँदा विषाक्तता भएको हुन सक्ने युक्रेनको गृह मन्त्रालयले जनाएको छ।
रुसी रक्षा मन्त्रालयले जुलाई ३१ मा गम्भीर विषाक्तताको लक्षण देखिएका केही रुसी सैनिकहरूलाई सैन्य अस्पतालमा लगिएको बताएको छ। परीक्षणका क्रममा उनीहरूको शरीरमा बोटुलिनम टक्सिन टाइप बी विषाक्त पदार्थ देखिएको छ।
‘युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शासनद्वारा अनुमोदित रासायनिक आतंकवादको तथ्यबारे रुस सबै विश्लेषणको नतिजा र प्रमाण तयार गरिरहेको छ’ मन्त्रालयले एक विज्ञप्ति मा भनेको छ। विषाक्त खानेकुराबाट कतिजना सेवाकर्मी पीडित छन् र अहिले उनीहरूको अवस्था कस्तो छ भन्ने केही खुलाइएको छैन्। त्यस्तै, रुसी सेनाले आवश्यक प्रमाण पनि जुटाएको छैन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment