४२ जना स्कुल तथा कलेज बसका चालकमाथि कारवाही
काठमाडौँ। काठमाण्डौ उपत्यकामा आज ४२ जना स्कुल तथा कलेज बसका चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ। कारवाहीमा पर्नेमा मापद पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने पाँच जना चालक रहेका छन्।
बाँसबारी स्थित मिल्स बेरी कलेज, चोभार स्थित मोर्डन ईण्डियन स्कुल, कालिकास्थान स्थित ट्रिनिटी कलेज र बालकुमारी स्थित कान्जिरोवा कलेजका चालकलाई मदिरा सेवन गरी सवारी साधन चलाएको कसुरमा आज बिहान ट्राफिक प्रहरीले कारवाही गरेको हो।
यस्तै अवस्था ठिक नभएका सवारी चलाउने २९ र सिटबेल्ट नलगाउने ८ जना स्कुल तथा कलेज बसका चालकहरू पनि कारवाहीमा परेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment