सिद्धार्थ बैंकका ग्राहकहरुलाई विराटचोकको नेपालीरिका होटलमा २० प्रतिशतसम्मको छुट
काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेड र विराटचोक स्थित नेपालीरिका होटलबीच छुट सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखा प्रमुख सूर्य प्रसाद शर्मा तथा नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले नेपालीरिका होटलमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग मार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment