हिमालयन बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने
काठमाडौँ। हिमालयन बैंकको २५ लाख कित्ता ऋणपत्र भदौ १५ गतेदेखि बिक्री खुला गर्ने भएको छ। बैंकले प्रति कित्ता एक हजार रुपैयाँ दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ।
यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ। यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ। सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाइ पाउनेछन्।
ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ। यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो। यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ। ऋणपत्रमा १९ भदौसम्म आवेदन दिन सकिनेछ।







डिसी नेपाल








Facebook Comment