बालेनको कदमकाे समाजिक सञ्जालमा प्रसंसा
काठमाडौं। काठमाडौं माहानगरपालिकाले मेयर बालेन शाहको नेतृत्वमा अबैधरुपमा नक्सा पास नगरी बनाइएका संरचना हटाउने अभियानलाई तीव्र बनाइरहेको छ। यो अभियानमा मेयर शाह आफैं मैदानमा उत्रिएपछि सर्वसाधारणहरुले प्रशंसा र आलोचना दुबै गरिरहेका छन्।
यस्ता संरचना हटाउन ३५ दिने सूचना दिँदा छलफलका लागि सम्पर्कमा नआएपछि कारबाहीमा उत्रिएको महागरको दाबी छ ।शाहको यो अभियानमा विशेषत युवा पुस्ताहरुको समर्थन व्यापक देखिएको छ। सामाजिक सन्जालमा समेत चर्चित र सक्रिय रहेको बालेनले डोजर चलाएपछि अझ बढी चर्चामा आएका छन्।
शाहको यो कदममा सामाजिक सन्जालमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन्। शाहको यो अभियानमा पूर्वप्रधानमन्त्री डा .बाबुराम भट्टराईले भने खुलेर समर्थन गरेका छन्। भट्टराईले सामाजिक सन्जालमा शुभकामना दिँदै लेखेका छन्, ‘वैज्ञानिक दृष्टिकोण, इमानदार र साहस यी तीन कुराको फ्यूजन जीवनमा भयो भने असम्भव काम गर्न सकिन्छ! सबै युवाहरुलाई विशेष आग्रह तथा शुभकामना!’
त्यस्तै बालेनको यो अभियानमा पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)पार्टीकी सचीव रामकुमारी झाँक्रीले समेत समर्थन गरेकी छिन्। उनले आफ्नो फेसबुक पेजमा लेखेकी छिन् ‘मेरो समर्थन बालेनजी लाई मेरो जस्तो दलीय दबाव बालेनजीलाई हुँदैन इमानदार प्रयासहरु सफल हुन्छन्।’
एमाले नेता महेश बस्नेत भने बालेनको यो अभियानमा सन्तुष्ट छैनन्। उनले बालेनको यो अभियानलाई अतंकको संज्ञा दिदैँ कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्ने चेतावनी दिएका छन्। बौद्धिक अराजकता फिजाएको समेत आरोप लगाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment