भोटेकोशी बाढी: ९४ जनाको शव त्रिवि शिक्षण अस्पताल ल्याइयो, ९ जनाको पहिचान खुल्यो

डिसी नेपाल
१५ भदौ २०८३ ११:२८

काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार आएको भीषण बाढीमा परी ज्यान गुमाएकामध्ये ९४ जनाको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएको छ।

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार ल्याइएका ९४ शवमध्ये हालसम्म ४८ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ भने ३७ जनाको पोस्टमार्टम हुन बाँकी छ।

अहिलेसम्म पहिचान खुलेका नौ जनाको शव मात्रै कानुनी प्रक्रिया पूरा गरी तिनका परिवार तथा आफन्तलाई बुझाइएको छ। बाँकी शवहरूको पहिचान खुलाउने र पोस्टमार्टम गर्ने काम तीव्र पारिएको अस्पतालले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *