त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७७० ग्राम सुनसहित एक महिला पक्राउ
काठमाडौं । अवैध रूपमा ल्याएको करिव ७७० ग्राम सुनसहित एक महिला लाई प्रहरीले पक्राउ गरेको छ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी भक्तपुर नपा ८ सुकुलढोका स्थायी घर भएकी ५६ वर्षीय कबिता श्रेष्ठलाई शंका लागि प्रहरीले डाईपरमा सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस बस्तु फेला पारेको थियो।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment