अरुणाचल प्रदेशमा भारत र चीनको सीमा विवादमा जर्मनीको प्रवेश !

डिसी नेपाल
१५ भदौ २०७९ १०:४६
4.4k
Shares

काठमाडौं । भारतका लागि जर्मन राजदूत फिलिप एकरम्यानले अरुणाचल प्रदेशमा चीनको दाबीमाथि प्रश्न उठाएका छन् । यो दाबी स्तब्ध पार्ने खालको भएको उनले बताए ।

यससँगै उनले भारतसँगको सीमामा चिनियाँ अतिक्रमणलाई निकै अप्ठ्यारो मामिला भन्दै यसलाई स्वीकार गर्न नहुने बताए ।

सञ्चारमाध्यमसँगको अन्तरक्रियामा फिलिप एकरम्यानले चीनसँगको भारतको सिमानामा देखिएको समस्या युक्रेनमा रुसी आक्रमणभन्दा फरक रहेको र दुवै मुद्दालाई एउटै लेन्सबाट हेर्न नसकिने बताए ।

एसियामा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनमा युरोप प्रायः मौन रहन्छ, तर आफ्नो क्षेत्रमा कठिनाइ हुँदा फरक प्रतिक्रिया दिन्छ भन्ने मिडियाले प्रश्न गर्दा फिलिपले यो बयान दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *