बझाङमा प्रतिनिधिसभा सदस्यमा १९ जनाको नाम सिफारिस

डिसी नेपाल
१९ भदौ २०७९ १३:२७
16
Shares

बझाङ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले बझाङबाट १९ जनाको नाम सिफारिस गरिएको छ। जिल्ला कार्य समितिको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरेको हो।

प्रत्यक्षतर्फ अर्जुनबहादुर सिंह, चन्द्रादेवी जोशी, डा सुरेश मल्ल, दलबहादुर विष्ट, पृथ्वीबहादुर सिंह, प्रकाश रसाइली स्नेही, रमेशबहादुर भण्डारी र सत्यराज भण्डारीको नाम उम्मेदवारका रुपमा सिफारिस गरिएको छ। पार्टी प्रवक्ता रमानन्द जोशीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ पुरुष खसआर्य तथा पिछडिएको क्षेत्रबाट केशवराज जोशी, जगतप्रसाद जोशी, दिपेन्द्रराज जोशी, नन्दकृष्ण जोशी, नरेशबहादुर सिंह, मोतीलाल उपाध्याय, सिद्धराज जोशी र सत्यराज भण्डारीको नाम सिफारिस गरिएको छ।

यस्तै महिला खसआर्य तथा पिछडिएको क्षेत्रबाट देवीकुमारी सेटी, दलित खसआर्य पिछडिएको क्षेत्रबाट विवसचन्द्र स्नेही र जनजाति महिलातर्फ शारदादेवी तामाङको नाम सिफारिस गरिएको जोशीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.