नेटवर्कबिना पनि एन्ड्रोइड फोनमा उपलब्ध हुनेछ कलिङ सुविधा 

डिसी नेपाल
२० भदौ २०७९ ११:२५
116
Shares

काठमाडौँ। एप्पलले आफ्नो पहिलो स्याटेलाइट इनेबल्ड आईफोन १४ सेप्टेम्बर ७ मा लन्च गर्न सक्छ। तर, एन्ड्रोइड प्रयोगकर्ताहरूले चिन्ता लिनु पर्दैन। गुगलले पनि नयाँ एन्ड्रोइड अपडेटसँगै चाँडै प्रयोगकर्ताहरूलाई स्याटेलाइट कनेक्टिभिटी दिन सक्छ।

यो जानकारी गुगलका वरिष्ठ उपाध्यक्ष हिरोशी लकहेमरले दिएका छन्। उनले यसबारे ट्वीट गरेका छन्। उनले ट्विटरमा लेखेका छन् कि फोनमा स्याटेलाइट कनेक्टिभिटी प्राप्त गर्नाले प्रयोगकर्ताको अनुभवमा निकै वृद्धि हुनेछ।

उनले थप लेखेका छन्, ‘जब हामीले सन् २००८ मा G1 लन्च गर्यौं, 3G+ Wifi पाउनु ठूलो कुरा थियो। अहिले उनी स्याटेलाइटको डिजाइन गरिरहेका छन्। यसका लागि उनी आफ्नो पार्टनरसँग काम गरिरहेका छन्। यससँगै यो कनेक्टिभिटी एन्ड्रोइडको अर्को संस्करणमा उपलब्ध हुनेछ।

एप्पलले यस हप्ता आफ्नो पहिलो स्याटेलाइट आधारित आईफोन लन्च गर्न सक्ने बेला यो घोषणा गरिएको हो। यो घोषणापछि गुगल पनि पछि पर्न नचाहेको देखिन्छ। जसका कारण कम्पनीले स्याटेलाइट कनेक्टिभिटी फिचरमा काम गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *