चोरको अनेक दाउ, जसले बाइक चोर्न टिकटकको साहरा लिए

डिसी नेपाल
२१ भदौ २०७९ १२:२२
172
Shares

काठमाडौं । छोटो भिडियोका लागि चर्चित एप टिकटक कुनैलाई बरदान भएकाे छ भने कसैलाई अभिषाप बनेको छ।  त्यही टिकटकले कसैले लाखौँ रुपैयाँ कमाएका छन् भने कोही लुटिएका पनि छन्।

पछिल्लो दिनमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानले यस्तै देखाएको छ। कार्यालयले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल हराएको घटनाको अनुसन्धानको क्रममा यस्तो पाइएको हो।

अनुसन्धानमा मोटरसाइकल चालकसँग चिनजान गर्ने र टिकटक बनाउने भन्दै मोटरसाइकल लिएर फरार हुने घटनामा संलग्नहरु पक्राउ परेका छन्।

त्यसमध्ये पछिल्लो पटक ३ जना समातिएका छन्। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० ठेगाना भएका ३२ वर्षीय रामचन्द्र रावल,  सोही ठाउँ ठेगाना भएका १८ वर्षीय किशोर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाकुरे ठेगाना भएका ३२ वर्षीय पुस्कर काफ्ले रहेका छन्।

टिकटकको साहरा लिएर मोटरसाइकल चोरी गर्ने, पार्टपुर्जा विक्री वितरण गर्ने र चोरीको सामान किन्ने कार्यमा संलग्न देखिएपछि उनीहरूलाई पक्राउ गरेको कार्यालयले जनाएको छ। प्रहरी उनीहरुको गिरोह माथि थप अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.