पहिरोका कारण अरनिको राजमार्ग अबरुद्ध
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ र बलेफी गाउँपालिका–८ को बिचमा रहेको जुरेमा आज बिहान पहिरो खस्दा अरनिको राजमार्गको सवारी आवागमन अबरुद्ध भएको छ।
आज बिहान पौने ६ बजे खसेको पहिरोका कारण अरनिको राजमार्ग हुदै सिन्धुपाल्चोकका विभिन्न स्थानतर्फ जाने आउने सवारी साधन रोकिएका छन्।
पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment