पाँचथरमा उमेदवार छनोटः टुंगोमा पुगे एमाले र कांग्रेस माओवादी र नेकपा एस अनिर्णित

सुरेन्द्र सुवेदी
२२ भदौ २०७९ १०:०७
292
Shares

पाँचथर। आसन्न संघ र प्रदेशको निर्वाचनमा उमेद्वार बन्न नेकपा एमाले र नेपाली कांग्रेसमा आकांक्षीको संख्या अधिक देखिएको छ। माओवादी केन्द्र र नेकपा एसले भने अझै उमेद्वार छान्न सकेको छैन।

संघका लागि एमालेबाट केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बसन्तकुमार नेम्बाङ र नेपाली कांग्रेसबाट सहमहामन्त्री भिष्मराज आङदेम्बे सर्वसम्मत उमेरवार घोषित भएका छन्।

संघमा गठबन्धनका अन्य दल माओवादी केन्द्र र नेकपा एसले दावी गर्ने अवस्था नभएकोले नेम्बाङ र आङदेम्बेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ। २०७४ को निर्वाचनमा नेम्बाङले आङदेम्बेलाई १० हजार ५ सय बढी मतान्तरले पराजीत गरेका थिए।

प्रदेश सभाका २ स्थानमा एमालेले क मा पार्टी अध्यक्ष राजकुमार भण्डारीलाई सर्वसम्मत उमेदावर घोषणा गरेको छ भने ख मा कुरा नमिलेपछि अइन्द्रसुन्दर नेम्बाङ, कृष्णकुमार आङदेम्बे र धनकुमार फ्यिाकको नाम माथिल्लो कमिटीमा सिफारिस गरिएको एमाले उपसचिव पृथ्वी लावतीले बताए।

संघको समानुपातिकतर्फ डम्बरसिंह सम्बाहाम्फे, आशारत्न जबेगु र नरेन्द्र बस्नेतको नाम सिफारिस भएको छ। प्रदेशमा समानुपातिकमा श्रीप्रसाद जबेगु, करुणा राई, लेखनाथ घिमिरे, उपेन्द्र दंगाल, रामकाजी बान्तवा, कृष्ण ओझासमेतको नाम सिफारिस भएको छ।

नेपाली कांग्रेसले क मा प्रत्यक्षतर्फ नरेन्द्रकुमार केरुङ, रुपनारायण जबेगुसमेतको नाम पठाएको छ। ख मा गंगा आङदेम्बे, गोपालप्रसाद पोख्रेल, चन्द्रकुमार आङदेम्बेको नाम सिफारिस गरेको छ।

संघको समानुपातिक तर्फ सुरेन्द्रकुमार दाहाल, निरबहादुर बिक, छवि बाँस्कोटा र लवदेव ढुंगानाको नाम पठाएको छ भने प्रदेशतर्फको समानुपातिकमा मधु जबेगु, हिमा अधिकारी, केदारप्रकाश बास्कोटा, ओनाहाङ नेम्बाङ, जयप्रकाश रिजाल, मैया लावती, देविचन्द्र पोर्तेलसमेतको नाम सिफारिस गरिएको कांग्रेस नेता सुबराज थापाले बताए।

हाल प्रदेशको क क्षेत्रबाट सांसद रहेका नेकपा एसका गणेशकुमार काम्बाङ र प्रदेशको ख बाट सांसद तथा मन्त्री रहेका इन्द्रबहादुर आङबोलाई गठबन्धनले तिनै क्षेत्र दिने अवस्था पनि देखिन्छ। त्यसो भएमा एमाले र गठबन्धनका कांग्रेस र नेकपा एसबीच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.