सेतो रङको वस्तु यो दिशामा राख्नुहोस्
काठमाडौं । वास्तुशास्त्रमा हरेक दिशा, वस्तु, रंग र हरेक साना–साना चीजको महत्त्व हुने गर्दछ। वास्तुशास्त्रमा घरमा राखिएका वा प्रयोग गरिने सबै चीजहरूको लागि दिशा चयन गरिएको हुन्छ।
त्यसैगरी, हामीसँग सम्बन्धित रंगहरूले पनि हाम्रो जीवनमा ठूलो प्रभाव पार्छ। सही रंग छनोट गर्नु धेरै महत्त्वपूर्ण हुने गर्दछ। आज हामी तपाईलाई कुन दिशामा कुन रंगको वस्तु राख्ने फाइदा हुन्छ त्यो बताउँने छौं ।
सेतो रंगको धातु पश्चिम दिशाको अर्थात् उत्तर–पश्चिम दिशासँग सम्बन्धित हुन्छ। त्यसैले सेतो वा चाँदीको रंगसँग सम्बन्धित चीजहरू यी दुवै दिशामा राख्नु राम्रो हुन्छ। सेतो रंगसँग सम्बन्धित चीजहरू पश्चिम दिशामा राख्नाले सुख मिल्छ। अनुहारको सौन्दर्य बढ्छ, घरकी कान्छी छोरीलाई यसले धेरै फाइदा पुग्ने वास्तुशास्त्रीहारु बताउँछन् ।
बुबाको स्वास्थ्य राम्रो– सेतो रंगसँग सम्बन्धित चीजहरू उत्तर–पश्चिम दिशामा राख्नाले पिताको स्वास्थ्य राम्रो रहन्छ। बौद्धिक क्षमता राम्रो हुनुका साथै पठनपाठनमा रुचि बढ्छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment