भारत छोडेपछि रिसाएका सलमानलाई फकाउँदै प्रियंका, गरिन् यस्तो ट्वीट

डिसी नेपाल
२५ साउन २०७५ १३:०४

मुम्बइ। केही समयदेखि एउटा समाचारले निकै चर्चा पाइरहेको छ । प्रियंका चोपडाले भारत फिल्म छोडेपछि सलमान खान रिसाएका छन्।

यहाँसम्म कि सलमानले प्रियंकाकी आमा मधु चोपडालाई डिजाइनर मनिष मल्होत्राको कार्यक्रममा बेवास्तासमेत गरे । यस विषयमा प्रियंकाकी आमासँग पनि मिडियाले कुरा गर्न चाहे तर उनले यस विषयमा केही पनि भन्न अस्वीकार गरिन्।

यही बीचमा प्रियंकाले एउटा ट्वीट गरेकी छिन् जसलाई सलमान खानसँग जोडेर हेरिएको छ । सलमान खानका बहिनी ज्वाइँ आयुष शर्मा बलिउड डेब्यू गर्दैछन् । उनको डेब्यू फिल्म लभरात्रीको ट्रेलर केही दिनअघि रिलिज भएको थियो । प्रियंकाले यो ट्रेलर हेरिन् र सलमानका ज्वाइँलाई बलिउडमा स्वागत गरिन् । प्रियंकाको यो ट्वीट देख्दा उनले सलमानलाई फकाउन चाहेको अनुमान गरिएको छ।

प्रियंकाले ट्वीटमा लेखेकी छिन् ‘मेरा मित्रलार्ई फिल्ममा स्वागत छ । यो ट्रेलर हेर्दा यस्तो लाग्छ कि तिम्रो बलिउडमा शानदार डेब्यू हुनेछ । वारिना हुसैनलाई पनि धेरै शुभकामना । लभरात्री टिमलाई धेरै माया ।’ प्रियंकाको यो ट्वीटले बलिउडमा खल्बली मच्चिएको छ। अब यस विषयमा सलमानको प्रतिक्रिया के हुन्छ भन्ने सबैको प्रतिक्षाको विषय बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *