पबमा १ चुस्की ड्रिंक पिउनासाथ युवकको मृत्यु

डिसी नेपाल
२५ भदौ २०७९ ११:०९
152
Shares

काठमाडौं । १८ वर्षीय युवकले पबमा ककटेलको चुस्की लिए जुन उनको लागि घातक बन्यो ।उनको तत्काल मृत्यु भयो । उनको मृत्युपछि उनका साथीहरु स्तब्ध भए । बेलायतका यी युवक साथीहरूसँग छुट्टी मनाउन स्पेन गएका थिए।

पबमा ककटेल पिउने बित्तिकै उनको शरीरबाट पसिना निस्क्यो, उनले छिटो सास फेर्न थाले त्यसपछि बाथरुममा गएर बान्ता गरे। अस्पतालमा चिकित्सकले युवकलाई ब्रेन डेड घोषणा गरेका थिए ।

डेलीमेलका अनुसार मृतक युवकको सनाखत शिव मिस्त्रीको रूपमा भएको छ । शिवलाई क्याम्ब्रिज विश्वविद्यालयको क्लेयर कलेजमा भर्ना गरिएको थियो, जहाँ उनी मेडिसिन पढ्न थालेका थिए। तर, स्पेनमा ककटेलको चुस्की पिएपछि उनको मृत्यु भएको हो । यो घटना जुलाईमा भएको हो । यससँग सम्बन्धित जानकारी अहिले सार्वजनिक भएको छ ।

वास्तवमा, शिवले स्पेनमा पिया कोलाडा (एक प्रकारको ककटेल) पिए। शिवलाई बाल्यकालदेखि नै दुग्धजन्य पदार्थबाट एलर्जी भएको उनका काका कल्पेश मिस्त्रीले बताए । शिवले पिउने ककटेलमा नरिवलको क्रीमको सट्टा गाईको दूध थियो।

ककटेल पिउने बित्तिकै शिवलाई ‘एनाफिलेक्टिक शक’ (घातक एलर्जी प्रतिक्रिया) भयो। तर उनका साथी, चिकित्सक र प्रहरीले यो कुरा बुझ्न सकेनन् ।

शिवलाई उनका साथीहरूले स्पेनको फुएनगिरोलाको पबमा लगेका थिए। यहीँ उनले पेय पदार्थ पिएपछि पसिना आउन थाल्यो । उनले छिटो सास फेर्न थाले त्यसपछि बाथरुममा गएर वान्ता गरे।

शिवको अवस्था बिग्रिएपछि उनले आफ्ना साथीहरूलाई आपतकालीन सेवामा फोन गर्न भने। शिवले इपिपेन नामक इन्हेलर पनि मागे । शिवका साथीहरूले पनि २० मिनेटको लागि सीपीआर दिए। यसै क्रममा शिवका अभिभावकलाई फोनबाट जानकारी दिइएको थियो । कुराकानीका क्रममा शिवका आमाबुवाले साथीहरूलाई इपिपेन दिन अनुरोध गरे।

जब उनको अवस्था बिग्रियो, शिवलाई मार्बेला (स्पेन) को कोस्टा डेल सोल अस्पतालमा भर्ना गरियो। तर यहाँ पुग्ने बित्तिकै डाक्टरले शिवलाई ब्रेन डेड घोषणा गरे । यस मामिलामा शिवका अभिभावकले शिवका साथीहरूले उनलाई बचाउन सक्दो प्रयास गरेको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *