२ दिनसम्म हावामा झुण्डिएर उडिरहे, ३०० किलोमिटर टाढा पुगेर खसे

डिसी नेपाल
२५ भदौ २०७९ १५:५०
448
Shares

काठमाडौं । एक व्यक्ति हाइड्रोजन बेलुनमा फसेका छन्। उनी दुई दिनसम्म हावामा झुण्डिएर बसे । पछि उनलाई ३ सय किलोमिटर टाढाबाट उद्धार गरिएको थियो । उक्त व्यक्ति ४८ घण्टा हावामा तैरिएर सयौं किलोमिटरको यात्रा तय गरे । घटना चीनको हेलोङजियाङ प्रान्तको हो ।

वास्तवमा, हु योङसु नामका एक व्यक्ति आफ्नो साथीसँग पाइन रूखको नट काट्न जंगलमा गएका थिए। रुखको उचाइ धेरै भएका कारण योङसुले हाइड्रोजन बेलुनको सहारा लिएका थिए । तर त्यही क्रममा उनले बेलुनमाथिको नियन्त्रण गुमाए ।

स्थिति बुझेर योङ्सुका साथी तुरुन्तै बेलुनबाट हाम फाले तर योङ्सु त्यसमा फसे। हाइड्रोजन बेलुन हावामा उडिरहेको थियो र योङसु यसको साथमा उडिरहेका थिए। अचम्मको कुरा, उनी दुई दिनसम्म बेलुनमा फसे र २०० माइल (३२१ किलोमिटर) टाढा उडे ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार यस क्रममा योङसुका लागि खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो । प्रहरीले योङसुलाई सम्पर्क गर्यो र बेलुनलाई कसरी सुरक्षित अवतरण गर्ने भनेर फोनमा निर्देशन दियो। प्रहरीको निर्देशन पछी योङसु सफलतापूर्वक जङ्गल भएको क्षेत्रमा अवतरण गरेका थिए ।

तर यसपछि पनि उद्धार टोलीले योङसुको खोजी गरिरहे, किनभने उनको फोनको लोकेशन ट्रेस हुन सकेन । तर, सेप्टेम्बर ६ का दिन बिहान उनको उद्धार गरिएको थियो । उनको अवस्था राम्रो रहेको बताइएको छ । उनको ढाडमा सामान्य चोट मात्र लागेको छ ।

हु योङसुले बेलुन माथि उडिरहेको जानकारी दिए। ‘मलाई चिसो र भोक लागेको थियो। धन्यबाद मलाई कुनै ठूलो क्षति भएन’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *