नर्सले मरिसकेका बिरामीसँग गरिन् यस्तो हर्कत, अस्पतालबाट सिधै जेल !

डिसी नेपाल
२७ भदौ २०७९ १०:४९
32.1k
Shares

काठमाडौं । नर्सको काम अस्पतालमा बिरामीको हेरचाह गर्नु हो। तर एक ४६ वर्षीया नर्सले बिरामीसँग यस्तो व्यवहार गरिन्, जसका कारण उनलाई पक्राउ गरी जेल पठाइयो । वास्तवमा, नर्सले गोप्य रूपमा बिरामीको खाताबाट करिब साढे ५ करोड रुपैयाँ नगद आफ्नो खातामा ट्रान्सफर गरेकी थिइन् ।

अचम्मको कुरा, नर्सले यस्तो काम गर्दा बिरामीको मृत्यु भइसकेको थियो । त्यसपछि मृतक बिरामीका छोराको उजुरीका आधारमा प्रहरीले नर्सलाई पक्राउ गरेको छ । घटना थाइल्याण्डको हो ।

द थाइगरका अनुसार ४६ वर्षीया नर्सको नाम सताङ थोंग्रामफान हो । सताङले मृतक बिरामीको मोबाइल चोरेर उनको खाताबाट १ करोड ५७ लाख भाट अनलाइनमा ट्रान्सफर गरेको आरोप छ । नर्सले बैंकिङ एपमार्फत पैसा ट्रान्सफर गरेकी थिइन् ।

यो खबर बिरामीका ३१ वर्षीय छोरा पतिभाट थायसोमलाई पुगेपछि उनले नर्सविरुद्ध प्रहरीमा उजुरी गरे । उजुरीपछि प्रहरीले नर्स सताङलाई घरबाटै पक्राउ गरेको थियो ।

थायसोमका अनुसार उनका ५६ वर्षीय बुबा बैंकमा काम गर्थे । उनलाई क्यान्सरको उपचारका लागि अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा अगस्ट ९ मा उनको मृत्यु भयो । मृत्युपछि अस्पतालबाट बुबाको मोबाइल चोरी भएको थियो । पछि खाताबाट पैसा पनि हराइरहेको थाहा भयो ।

शंकाका आधारमा थासोमले सताङविरुद्ध उजुरी दिएका थिए । उजुरी पाएलगत्तै प्रहरीले अनुसन्धान गर्न सताङको घर पुग्दा उनीहरु छक्क परेका थिए । उनको घरबाट प्रहरीले ८० लाख नगद, सुन र कार बरामद गरेको छ । यो कार मृतक बिरामीको थियो। यसबाहेक ६ वटा मोबाइल फोन र ६ वटा बैंक पासबुक पनि फेला परेको छ । यससँगै घरभित्र पार्क गरिएको अर्को कारबाट पनि ठूलो परिमाणमा नगद बरामद भएको छ ।

त्यसपछि प्रहरीले सताङलाई पक्राउ गरेको थियो । सोधपुछका क्रममा उनले बिरामीको मोबाइल चोरेको कुरा अस्विकार गरिन् । नर्स सताङले आफूले बिरामीको निर्देशन मात्रै पालना गरिरहेको अनुसन्धान अधिकारीलाई बताइन् । नर्सले बिरामीले नै पैसा निकाल्न भनेको बताएकी थिइन् । उनले बिरामीको बैंक एपबाट १७ वटा कारोबार गरेर ५ करोडभन्दा बढी नगद निकालेकी थिइन् ।

हालै नर्सलाई पक्राउ गरी जेल पठाइएको छ । उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । आरोप प्रमाणित भए कम्तिमा ५ वर्ष जेल सजाय हुनसक्छ । जरिवाना पनि तिर्नुपर्ने हुनसक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *