प्रेमिकाको मोबाइलमा म्यासेज देखेपछि शंकाकै भरमा हत्या !
काठमाडौं । प्रेमिकाको मोबाइल चेक गरेपछि प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । प्रेमिकाको मोबाइलमा म्यासेज हेरेपछि केटालाई प्रेमिकाको अर्को केटासँग अफेयर रहेको शंका लागेको थियो । कथित अफेयरलाई लिएर दुवैबीच झगडा भयो र त्यसपछि कुरा यति बढ्यो कि केटाले आफ्नी २१ वर्षीया प्रेमिकालाई छुरा प्रहार गरी हत्या गरे ।
यो ब्राजिलको घटना हो। जहाँ २२ वर्षीय ब्रुनोलाई प्रेमिका मारियाको हत्या गरेको आरोप लागेको छ । प्रहरीले ब्रुनोलाई पक्राउ गरेको छ । उनीविरुद्ध हत्याको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।
द मिररका अनुसार घटना अगस्ट ३१ मा भएको थियो । मारिया आफ्नो घरको खाटमा सुतेकी थिइन् । यसैबीच ब्रुनोले उनको मोबाइल लिएर म्यासेज चेक गर्न थाले । त्यसपछि मारिया उठिन् र दुईबीच झगडा सुरु भयो।
ब्रुनोले अपरिचित नम्बरबाट आएको सन्देशलाई उद्धृत गर्दै मारियाले आफूलाई धोका दिएको आरोप लगाए। तर मारियाले यसलाई अस्वीकार गरिरहेकी थिइन् ।
तर दुईबीचको यो विवादले खतरनाक रुप लियो । ब्रुनोले मारियालाई चक्कुले आक्रमण गरे। उनले मारियालाई एकपछि अर्को पाँच पटक छुरा हाने । जसका कारण मारियाको घटनास्थलमै मृत्यु भएको थियो । यसपछि ब्रुनोले आफूलाई पनि मार्ने प्रयास गरे तर उनी बाँचे ।
मारियाको शव देखेपछि ब्रुनोले आफ्नो ज्यान लिने प्रयास गरे पनि असफल भएको प्रहरीले जनाएको छ ।
सोधपुछका क्रममा ब्रुनोले प्रहरीलाई भने कि मैले उनको फोनमा केही सन्देशहरू देखेको थिएँ जसमा मारियाले धोका दिएको देखिएको थियो।
यसै क्रममा पोष्टमार्टम रिपोर्टमा मारियाको घाँटीमा दुई पटक र शरीरको अर्को भागमा तीन पटक छुरा प्रहार गरिएको खुलेको छ । यस विषयमा अनुसन्धान भइरहेको छ ।







डिसी नेपाल







Facebook Comment