राजा घोषणा गर्ने समारोहमा चाल्र्स तृतीय ‘रिसाएको’ भिडियो भाइरल
लन्डन। नयाँ राजालाई आधिकारिक रूपमा राजा घोषणा गर्ने समारोहमा शाही सहयोगीसँग ‘रिसाएको’ राजा चाल्र्स तृतीयको भिडियो इन्टरनेटमा भाइरल भएको छ।
बिहीबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि, एक्सेन्सन काउन्सिलले शनिबार राजा चाल्र्सलाई आधिकारिक उत्तराधिकारी घोषणा गर्यो। यद्यपि, उत्तराधिकारी घोषणामा हस्ताक्षर गर्नुअघि राजाले कागजातहरूमा आफ्नो नाम लेख्नअघि डेस्क खाली गर्न सहयोगीलाई रिसाउँदै इसारा गरेका थिए।
क्लिपमा राजा चाल्र्स सानो डेस्कमा पेन बक्स र मसी दुवै भएकोमा निराश देखिन्थे। उनले सहयोगीलाई डेस्क खाली गरेर सामानहरु पुनः व्यवस्थित गर्न इशारा गरेका थिए।
कागजातहरू राखेपछि राजा चाल्र्सले फेरि एक सहयोगीलाई टेबुलबाट पेन बक्स हटाउन संकेत गरेका थिए। त्यसपछि उनले एतिहासिक दस्तावेजमा हस्ताक्षर गरेका थिए।
Where’s the pen guy?! King Charles seems angry and frustrated at his desk setup, summons an aide to fix it, twice. The Queen never lost her cool in public like this. pic.twitter.com/vU8Q2I3gFU
— Mike Sington (@MikeSington) September 10, 2022







डिसी नेपाल







Facebook Comment