स्कुटरको शोरूममा आगो लाग्दा ६ जनाको मृत्यु

डिसी नेपाल
२८ भदौ २०७९ ११:२८
200
Shares

काठमाडौं । तेलंगानाको सिकन्दराबादमा विद्युतीय स्कुटरको शोरुममा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले क्षतिपूर्तिको घोषणा गरेका छन् ।

समाचार एजेन्सीका अनुसार होटलको भुईंतलामा रहेको विद्युतीय स्कुटर शोरुममा आगलागी भएको हो । हैदरावादका प्रहरी आयुक्त सीभी आनन्दले एएनआईलाई आगलागीबाट निस्किएको धुवाँले होटलको पहिलो र दोस्रो तल्लामा बसेकाहरूलाई समस्या भएको बताए।

सीभी आनन्दले भने, “केही मानिस भवनबाट हाम फालेका थिए। उनीहरूलाई स्थानीय मानिसहरूले बचाएका थिए। ती मानिसहरूलाई अस्पताल लगिएको थियो।” आगलागीको कारण भने खुल्न नसकेको उनले बताए ।

विद्युतीय स्कुटरको ब्याट्रीमा सर्ट सर्किट वा बढी चार्ज भएर पनि आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । घटनाको समयमा होटलमा २३ जना थिए । तीमध्ये अधिकांश व्यवसायी छन् ।

मृत्यु हुने ६ जनामध्ये एक महिला छन् । कतिपयले आफ्नो ज्यान जोगाउन होटलबाट हाम फाले । अहिले स्थिति नियन्त्रणमा रहेको उनले बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । ट्विट गर्दै पीएम मोदीले भनेका छन्, “सिकन्दराबादमा आगलागीमा परी ज्यान गुमाएकाले दुःखी छु। परिवारजनप्रति समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई दुई लाख रुपैयाँ दिइनेछ । घाइतेलाई पनि ५० हजार दिइनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *