बलात्कार मुद्धाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ
बाँके । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त डुडुवा गाउँपालिका–३ बस्ने ३५ वर्षीय मोहमद बसर खाँ भन्ने मैनुदिन खाँलाई ११ वर्षपछि पक्राउ परेका छन्। उनीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेको २०६८ जेठ १ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ४ वर्ष कैद सजाय ठहर भएको थियो । सजाय ठहरसँगै फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment