सर्वोच्चको पूर्ण बैठकले भन्यो- महाभियोग समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित हुन मिल्दैन

डिसी नेपाल
२९ भदौ २०७९ १९:१६
268
Shares

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद अन्तर्गतको महाभियोग सिफारिस समितिमा कामु प्रधानन्यायधीश उपस्थित हुन नमिल्ने बताएको छ।

बुधबार सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले विज्ञप्ति जारी गर्दै महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवाल–जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्तिपृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अंगिकार गरेका मान्यताहरु समेतको दृष्टिकोणले उचित नहुने बताएका छन् ।

समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायधीश र अन्य न्यायधीशलाई भदौ ३० गते बिहान साढे ८ बजे बैठकमा उपस्थित हुन पत्र पठाएको थियो।

तर, सर्वोच्चले सो कार्य संविधानसम्मत् उचित र शोभनीय नहुने भन्दै बैठकमा उपस्थित हुन नमिल्ने व्यहोरा महाभियोग सिफारिस समितिलाई पत्रमार्फत जानकारी गराइएको छ।

सर्वोच्चको बुधबार दिउँसो बसेको पूर्ण बैठकले सो निर्णय गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.